चीनका ९० प्रतिशत नागरिकले लगाए कोरोनाको खोप

अन्तर्राष्टिय समाचार

करिब ९० प्रतिशत चिनियाँ नागरिकले कोरोना विरुद्धको खोप लगाएका छन् । यहाँका स्वस्थ्य अधिकारीहरुले दिएको जानकारी अनुसार चीनका करिब ९० प्रतिशत नागरिकले कोरोना विरुद्धको खोप लगाएको जानकारी दिएका छन् ।शुक्रबारसम्मको तथ्यांकमा चीनका १ अर्ब २६ करोड नागरिकले खोप लगाएको जानकारी दिइएको छ । यो संख्या चीनको जनसंख्याको करिब ९० प्रतिशत हुन आउँछ ।

शनिबार दिइएको जानकारीमा तीमध्ये १ अर्ब २२ करोडले यो खोपको पूरा मात्रा लगाएका छन् । सो कुराको जानकारी चीनको नेशनल हेल्थ कमिसनका अधिकारी हि क्विनगुले दिनुभयो । शनिबार पत्रकार सम्मेलनमा उहाँले चीनमा नागरिकलाई कोरोना विरुद्धको खोप दिने क्रम जारी रहेको र शुक्रबारसम्म ९० प्रतिशतले खोप लिइसकेको बताउनुभएको हो ।

सो पत्रकार सम्मेलनमा उहाँले बाँकी रहेका चिनियाँ नागरिकलाई पनि खोप लिन आग्रह गर्नुभयो । सो अवसरमा उहाँले अनिवार्य रुपमा मास्क लगाउन, सामाजिक दुरी कायम गर्न तथा कोठाभित्र बस्दा भेन्टिलेसन भएका कोठामा बस्न पनि आग्रह गर्नुभएको थियो ।चीनमा पनि पछिल्ला केही समयमा कोरोनाका सङ्क्रमितहरु देखिन थालेका छन् । ती सङ्क्रमितहरुको पहिचान गरेर चीनका अधिकारीहरुले स्वास्थ्य सतर्कताका मापदण्डहरु अपनाउन आग्रह गरिरहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *