भारतमा कोरोना संक्रमण उच्च

राष्ट्रिय समाचार

भारतमा विगत केही दिनदेखि कोरोना संक्रमण उच्च गतिमा बढेको छ । पछिल्लो २४ घन्टामा मात्रै भारतमा २ लाख ५७ हजारभन्दा बढी नयाँ संक्रमित थपिएका छन् । यसै गरी कोरोनाकै कारण दैनिक मृत्यु दरमा पनि वृद्धि भएको छ । संक्रमण दर व्यापक रुपमा बढेपछि विभिन्न राज्यहरुले प्रतिबन्धात्मक व्यवस्थामा कडाई गरेका छन् ।

राजधानी नयाँ दिल्ली, व्यापारिक राजधानी मुम्बई लगायतका स्थानमा शैक्षिक संस्थाहरु बन्द गरिएका छन् । संक्रमण बढ्दै गएपछि तमिलनाडु सरकारले जनवरी ३१ सम्म सो राज्यका सबै विद्यालयहरूमा पठनपाठन बन्द गर्ने घोषणा गरेको छ । तामिलनाडुले जनवरी १९ बाट सञ्चालन हुने भनिएको परीक्षा पनि स्थगित गरेको छ । तमिलनाडु सरकारले जारी विज्ञप्तिमा राज्यमा कोभिड–१९ को महामारी पुनः बढेपछि सबै तहका विद्यालयहरूमा पठनपाठन तथा परीक्षाका कार्यक्रम जनवरी ३१ सम्मका लागि बन्द गर्ने निर्णय गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *