ओमिक्रोन विरुद्ध रूसी खोप प्रभावकारी

अन्तर्राष्टिय समाचार

रूसमा विकसित स्पुत्निक–भी खोप कोरोना भाइरसको ओमिक्रोन भेरियन्ट विरुद्ध प्रभावकारी हुने खोप निर्माता कम्पनीले दावी गरेको छ । स्पुत्निक–भी खोपको निर्माता कम्पनी गामलेय रिसर्च सेन्टरका प्रमुख एलेक्जेन्डर जिन्ट्सवर्गले मङ्गलबार स्पुत्निक–भी उपचारमा ७५ प्रतिशत सफल रहेको दावी गर्नुभएको हो ।

गामालेयाका प्रमुखले यदि कुनै व्यक्तिले छ महिनामा स्पुत्निकको ‘लाइट बुस्टर’ मात्रा लिएमा यसको प्रभावकारिता शतप्रतिशत रहने तर यदि ‘लाइट बुस्टर’ खोप नलगाएमा पनि ५७ प्रतिशतसम्म प्रभावकारी रहने अनुसन्धानले देखाएको छ ।” अन्य भेरियन्टको तुलनामा ओमिक्रोनविरुद्ध स्पुत्निक–भी नियन्त्रणका लागि प्रभावकारिता आठ गुणा घट्छ यद्यपि अझै पनि ओमिक्रोनविरूद्धको सुरक्षाको लागि यो खोप पर्याप्त हुने जिन्ट्सबर्गले बताउनुभयो । ओमिक्रोनको प्रभाव न्यूनिकरणका लागि अन्य खोपहरूको प्रभावकारिता २१ गुणासम्म कम रहने पुष्टि भइसकेको उहाँले बताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *