कोरोनाका कारण पशुपति र मनकामना मन्दिर प्रवेशमा रोक

राष्ट्रिय समाचार

काठमाडौं उपत्यकामा कोरोना संक्रमितको संख्या उच्च गतिमा बढेपछि आजैदेखि पशुपति नाथ मन्दिर प्रवेशमा रोक लगाइएको छ । मन्दिर लगायतका सार्वजनिक स्थलमा भिडभाड हुनेहुँदा संक्रमणको जोखिम बढेको भन्दै सरकारले पशुपति नाथ मन्दिर भक्तजनका लागि बन्द गरेको हो ।

यसै गरी गोरखाको मनकामना मन्दिरले पनि आगामी शुक्रबारदेखि भक्तजनलाई प्रवेशमा रोक लगाउने भएको छ । देशभर तेस्रो लहरको कोरोना सङ्क्रमण बढ्दै गएपछि सङ्क्रमण फैलन सक्ने जोखिमलाई ख्याल गर्दै मन्दिर प्रवेशमा रोक लगाउने निर्णय गरिएको हो ।

Leave a Reply

Your email address will not be published.