टोंगा टापुमा राहत सामग्री पुग्यो

अन्तर्राष्टिय समाचार

प्रशान्त महासागरमा भएको ज्वालामुखी विष्फोटबाट टोंगा टापु सबैभन्दा प्रभावित/४ जनाको मृत्यु/मुख्य विमानस्थलबाट भग्नावशेष पन्छाइँदै ।

प्रशान्त महासागरमा भएको ज्वालामुखी विष्फोटबाट टोंगा टापुमा ४ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा तीन जना टोंगाकै स्थानीय रहेका छन् भने एक जना बेलायती नागरिक रहेको बताइएको छ । ज्वालामुखी विष्फोटका कारण त्यहाँको मुख्य विमानस्थलमा क्षति पुगेपछि पानी जहानबाट उद्दार टोली र राहत सामग्री पुर्‍याइएको छ ।

क्षतिग्रस्त टोंगाको मुख्य विमानस्थलमा ज्वालामुखी विष्फोटका कारण जम्मा भएको खरानी सहितको भग्नावेश पन्छाउने काम भइरहेको छ । आवश्यक खाद्यान्न र पिउने पानी पुर्‍याउन मुख्य विमानस्थल उडान भर्न योग्य बनाउन टोली खटिएको छ । ज्वालामुखी विष्फोटले टोंगामा अकल्पनीय क्षति पुर्‍याएको टोंगाली सरकारले जनाएको छ ।

गत शनिवार भएको ज्वामुखी विष्फोट र त्यसले निम्त्याएको सुनामीबाट प्रभावितको सहयोगका लागि न्युजिल्याण र अस्ट्रेलियाले पनि जहाज पठाएका छन् । ज्वालामुखी विष्फोटका कारण ग्यास, धुँवा र भग्नावशेष २० किलोमिटर माथि आकाशमा पुगेको टोंगा सरकारले जनाएको छ । प्रभावित टोंगा टापु पुगेका संयुक्त राष्ट्र संघका प्रतिनिधिले भग्नावशेष पन्छाउन सोचेभन्दा निकै कठिन रहेको बताएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *