सङ्क्रामक अस्पताललाई स्वास्थ्यकर्मी सहयोग

राष्ट्रिय समाचार

कास्की, ६ माघ (रासस)/ स्वास्थ्यका क्षेत्रमा काम गर्दै आएको नेलम्बो नेपाल पोखराले कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोनको जोखिम बढ्दै जाँदा बिरामीको उपचारमा सहयोगका लागि अस्पताललाई जनशक्ति उपलब्ध गराएको छ । गण्डकी प्रदेश सरकारले पोखरामा स्थापना गरेको सङ्क्रामक तथा सरुवा रोग अस्पताललाई नेलम्बोले चार जना स्वास्थ्यकर्मी उपलब्ध गराएको हो ।

सो अस्पतालमा हाल कोरोनाका बिरामीको उपचार हुँदै आएको छ । जनशक्ति उपलब्ध गराउने सम्बन्धमा बुधबार नेलम्बोका अध्यक्ष एकदेव देवकोटा र अस्पतालका कार्यकारी निर्देशक डा विकास गौचनबीच सम्झौता सम्पन्न भएको छ । नयाँ भेरियन्ट सहितको तेस्रो लहरले अधिकतम मानिसका साथै स्वास्थ्यकर्मी समेत सङ्क्रमित भएकाले स्टाफ नर्स र रेडियो ग्राफर एक-एक जना तथा दुई जना ल्याब टेक्निसियन अस्पताललाई उपलब्ध गराइएको नेलम्बोले जनाएको छ । छ महिनाका लागि अस्पताललाई उपलब्ध गराइने जनशक्ति भर्ना गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *