सुप्रसिद्ध साहित्यकार पारिजातको जीवनी

अडियो / भिडियो जीवनी साहित्य

पारिजातको जन्म दार्जिलिङको लिङ्गिया चिया बगानमा वि.सं. १९९४ बैशाख महिनामा भएको थियो। उहाँको पिता कालुसिंह वाइबा र माता अमृता मोक्तान हुनुहुन्थ्यो । उहाँको न्वारनको नाम विष्णुकुमारी वाइबा हो, तर लामाले चेकुडोल्मा (तारा रानी) राखिदिएका थिए। उहाँलाई अमर बनाउने नाम भने पारिजात नै हुन गयो, जुन नाम उहाँआफैँले रोज्नुभएको थियो । उनका दर्जन बढी कृतिहरूले यस नामलाई अमर बनाएका छन्। प्रारम्भिक पढाई दार्जिलिङ मै हासिल गरी वि।सं। २०११ सालमा काठमाडौँ आउनुभएकी पारिजातले पद्मकन्या स्कुलबाट प्रवेशिका र पद्मकन्या कलेजबाट बीए सम्म अध्ययन गर्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *