पारिजातपछि मदन पुरस्कार पाउने महिला लेखक हुन्, झमक घिमिरे । उनले २०६८ सालमा ‘जीवन काँडा कि फूल’ पुस्तकका लागि यो पुरस्कार पाएकी हुन् । उनी खुट्टाका औँलाका साहाराले लेख्छिन् । उनलाई बाल्यकालदेखि नै प्रतिमष्तिस्क रोगबाट पीडित छिन् । उनी पुस्तकका अलावा, पत्रपत्रिकाहरूमा लेख समेत लेख्छिन् । उनको जीवनीमा आधारित चलचित्र पनि बनिसकेको छ । घिमिरेका संकल्प, आफ्नै चिता अग्नि शिखातिर, मान्छे भित्रका योद्धाहरु लगायतका कृतिहरु प्रकाशित छन् ।
जीवन काँडा कि फूल झमक घिमिरेद्वारा लिखित आत्मकथा हो । यो पुस्तकमा झमकले आफूले भोगेको पीडा र सङ्घर्षको गाथा ब्यक्त गरेकी छिन् । २०६८ सालमा उनले यो पुस्तकबाट मदन पुरस्कार पाएकी थिइन् । यो एक मदन पुरस्कार प्राप्त सफल र ज्यादै लोकप्रिय कृति हो।
झमकको जन्म वि . स . २०३७ असार २१ गते धनकुटा जिल्लाको कचिंडे गाउँमा भएको हो । पिता । श्रीकृष्णबहादुर र माता आशादेवी घिमिरेको प्रथम सन्तानका रूपमा उनले जन्म लिएकी हुन् । जन्मदा उनी अन्य शिशु झै देखिन्थिन् तर उनलाई मस्तिष्कीय पक्षाघात जस्तो गम्भीर रोग लागेको रहेछ । यसकै असरले अरू शिशु सरह उनका हातगोडा सक्रिय हुन सकेनन् । उनको बोली पनि आएन र उनी बहु अपाङ्गताको अवस्थामा रहन पुगिन् ।
(भूल सुधार : नेपाल सरकारको कक्षा ७ को नेपाली विषयको पाठ्यपुस्तकमा प्रस्तुत गरिएअनुसार आदरणीय लेखक झमक घिमिरेको जन्ममिति २०३७ असार १ गते भनी छपाइ भएकाले त्यही जीवनीका आधार तयार गरिएको प्रस्तुत अडियो सामग्रीमा असार १ गते नै उल्लेख गरिएको भए पनि उहाँको जन्ममिति असार २१ गते भएको हुँदा उक्त जन्ममितिलाई सच्याएर ग्रहण गरिदिनुहुन सम्पूर्ण पाठकवर्गमा विनम्र निवेदन गर्दछौँ । साथै यस भूलका लागि क्षमायाचना गर्दछौँ ।)