टर्कीमा हिमपात

अन्तर्राष्टिय समाचार

टर्कीको राजधानी इस्तानबुलमा मंगलबारदेखि निजी यातायातका साधन सञ्चालनमा रोक लगाएको छ । देशको सबैभन्दा ठूलो सहर समेत रहेको इस्तानबुलमा व्यापक हिमपात भएकाले यातायातका साधन सञ्चालन रोक लगाएको हो ।

मंगलबार विहान जारी गरिएको वक्तव्यमा इस्तानबुलका गभर्नर अली येर्लिकायाले सार्वजनिक यातायात मात्रै सञ्चालन हुन दिन आग्रह गर्नुभएको छ । हिमपातले बाटोहरु पुरिएकाले थोरै थोरै मात्रै खुलाउन सकिएको र थोरै मात्रै खुलाउदा साघुरो भएको बाटोमा सार्वजनिक यातायात मात्रै चलाउने व्यवस्था गरिएको उहाँको भनाइ छ ।

हिमपातका कारण साघुरो भएको बाटोमा निजी यातायातका साधन चलाउदा सार्वजनिक यातायातका साधन चल्न नमिल्ने भएकाले निजीलाई प्रतिवन्ध लगाइएको गभर्नर ऐर्लिकायाले स्पष्ट पार्नुभयो । स्तानबुलमा मात्रै एक करोड ६० लाख मानिस बसोवास गर्दछन् ।

सोमबार निजी र सार्वजनिक दुवै सवारी साधनहरु चलाउन खोज्दा बाटोमा समस्या भएर हजारौँ मानिस लामो समयसम्म सडकमै रोकिनु परेको थियो । हिमपातका कारण पाँच हजार मानिस विस्थापित भएको सरकारी अधिकारीहरूले जानकारी दिएका छन् । तीमध्ये तीन हजार मानिस आफ्नो घरमा बस्न नसकेर होटल, गेस्ट हाउस र विभिन्न शिविरहरूमा पुगेका छन् । त्यसैगरी स्तानबुलबाट हुने उडान पनि बन्द गरिएको सरकारी अधिकारीहरूले जानकारी दिएका छन् ।

Leave a Reply

Your email address will not be published.