भारतमा कोरोना सङ्क्रमितको सङ्ख्या चार करोड बढी

Featured अन्तर्राष्टिय समाचार

भारतमा कोरोना भाइरस सङ्क्रमितको संख्या चार करोड नाघेको छ । बुधबार विहान सार्वजनिक गरिएको विवरण अनुसार भारतमा थप दुई लाख ८५ हजार ९ सय १४ जना नयाँ सङ्क्रमित भएपछि कुल सङ्क्रमितको संख्या चार करोड ८५ हजार ११६ पुगेको केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले जानकारी दिएको छ ।

यसै अवधीमा कोरोना सङक्रमणबाट ६६५ जनाको मृत्यु भएपछि कोरोना शुरु भएदेखि हालसम्म यस सङ्क्रमणबाट मृत्यु हुने व्यक्तिको संख्या चार लाख ९१ हाजार १२७ जनाको मृत्यु भएको पनि सो मन्त्रालयले जनाएको छ । भारतमा अहिले सक्रिय सङ्क्रमितहरुको सङ्ख्या २२ लाख २३ हजार १८ रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *