चितवनको ट्रमा अस्पतालमा १८ हजार शल्यक्रिया

Featured राष्ट्रिय समाचार

चितवनमा रहेको एलाइभ हस्पिटल एन्ड ट्रमा सेन्टर, भरतपुरमा विगत १० वर्षमा १८ हजार शल्यक्रिया भएका छन् । विसं २०६८ बाट सञ्चालनमा आएको अस्पतालमा हालसम्म हाडजोर्नीका ती शल्यक्रिया भएका हुन् । अस्पतालका कार्यकारी अध्यक्ष तथा प्रमुख कन्सल्टेन्ट अर्थोपेडिक सर्जन डा प्रमोद लामिछानेले आफ्नो अध्ययनपछि यहाँ अस्पताल खोल्नुभएको हो ।

अस्पतालले १०औँ वर्ष पार गरेको छ । डा लामिछानेले पहिलो वर्ष नयाँ भएकाले धेरैले विश्वास नगरेको बताउँदै विस्तारै विरामीको चाप बढ्न थालेको बताउनु भयो । आफूहरुले छिटो र राम्रो सेवा दिन थालेपछि अहिले बिरामीको चाप थेगिनसक्नु भएको छ ।

अस्पतालमा हाडजोर्नीसँगै चोटपटक, जोर्नी प्रत्यारोपण, दूरबिनबाट जोर्नी शल्यक्रिया, दुर्घटनाबाट भएका ठूला चोटपटकको शल्यक्रिया हुने गरेको छ । १८ हजारमध्ये करिब १२ हजार शल्यक्रिया डा लामिछाने आफैँले गर्नुभएको हो । उहाँले कुनै दिन १४ वटा सम्म शल्यक्रिया गरेको तथ्याङ्क रहेको बताउनु भयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *