युक्रेनका राष्ट्रपतिद्धारा आफ्नो मुलुलका विषयमा पश्चिमा मुलुकलाई बढी आतंकित नबन्न आग्रह/आक्रमणको चेतावनीले युक्रेनको अर्थतन्त्र धरासायी बनाएको स्पष्टोक्ति ।
युक्रेनका राष्ट्रपति भोलोदिमेर जेलेन्स्कीले आफ्नो देशको सिमानामा रुसी सेनाको तैनाथीलाई लिएर नआत्तिन पश्चिमा राष्ट्रहरूलाई आग्रह गर्नुभएको छ । राष्ट्रपति जेलेन्स्कीले पत्रकारहरुहरु कुराकानी गर्दै आक्रमणको चेतावनीले युक्रेनको अर्थतन्त्रलाई जोखिममा पारेको बताउनु भयो । गत विहीबार अमेरिकी राष्ट्रपति जो बाइडनले रुसले अर्को महिना छिमेकी मुलुक युक्रेन माथि आक्रमण गर्न सक्ने बताउनु भएको थियो ।
रुसले अमेरिकी आरोप अस्वीकार गर्दै युक्रेन माथि आक्रमणको कुनै पनि योजना नरहेको र मस्कोले युद्ध नचाहेको प्रष्टिकरण दिएको छ । युक्रेनी राष्ट्रपति जेनेन्स्कीले रुसले आफ्नो मुलुकको सिमानामा १ लाख सेना तैनाथ राख्नुलाई खासै ठूलो खतरा नदेखेको बताउनु भएको छ । युक्रेनका लागि बाह्य खतरा भन्दा पनि देशभित्रकै अस्थिरता ठूलो खतरा रहेको पनि उहाँको भनाइ छ ।