बेलायतका केही भागमा ‘मलिक’ आउने चेतावनी

Featured अन्तर्राष्टिय समाचार

बेलायतका केही भागमा यो साता ‘मलिक’ नामक आँधीको असरले प्रभावित बनाउने मौसमविद्हरुले बताएका छन् । आँधीबाट स्कटल्याण्ड, उत्तरी आयरल्याण्ड र उत्तरी इङल्याण्ड प्रभावित हुनेछन् । आँधी ८० माइल प्रतिघन्टाको बेगमा आउने भएकाले प्रभावित क्षेत्रका नागरिकहरुलाई सुरक्षित स्थानमा रहन चेतावनी दिइएको छ ।

पूर्वी स्कटल्याण्डमा आँधीका कारण शक्तिशाली हावाहुरी आउने भन्दै मौसमविद्हरुले स्थानीय समय अनुसार शनिवार विहानका लागि चेतावनी दिएका हुन् । आँधीका कारण प्रभावित क्षेत्रमा विद्युत सेवा अवरुद्ध हुन सक्ने बताइएको छ । साथै रेल, सडक र हवाई यातायातमा समेत अवरुद्ध हुनसक्ने बताइएको छ ।

अर्को आँधीको झोकाले आइतबार साँझ स्कटल्याण्ड र उत्तरी आयरल्याण्डका केही भागका साथसाथै इङ्ल्याण्डको पूर्वी क्षेत्रमा असर देखिने भन्दै सो क्षेत्रका नागरिकलाई सावधानी अपनाउन चेतावनी दिइएको छ ।

Leave a Reply

Your email address will not be published.