लगातारको हिमपातले हुम्लामा चिसो धेरै बढ्यो

Featured राष्ट्रिय समाचार

हुम्ला जिल्लामा अत्यधिक हिमपात भएपछि सदरमुकाम सिमकोट लगायतका स्थानमा हिउँ जमिरहेको छ । हुम्लाका स्थानीयका अनुसार चिसोले गर्दा यहाँका नागरिकमा रुघाखोकी लाग्ने, ज्वरो आउने र कपाल दुख्ने समस्या देखिएको छ । हिमपातले उत्तरी भेग नाम्खा गाउँपालिकामा आवतजावत समेत बन्द भएको छ ।

लिमीको जाङ्ग, हल्जी, तिल गरी तीन गाउँमा एकबाट अर्कामा जान नसकिएको स्थानीयले बताएका छन् । ती गाउँहरु सञ्चार सेवाबाट पनि बञ्चित भएका छन् भने हिउँ थुप्रिएपछि बाटो पुरिएको र आवतजावत नै बन्द भएको छ । जिल्ला स्वास्थ्य सेवा कार्यालयका निमित्त प्रमुख प्रेमबहादुर सिंहले हुम्ला जिल्लामा अत्यधिक मात्रामा हिमपात भएकाले खोप लगाउन सिमकोट गाउँपालिकाका वडाहरुमा नै स्वास्थ्यकर्मी खटाइएको बताउनुभयो ।

नेपाल विद्युत् प्राधिकरण हिल्दुङ्ग वितरण केन्द्रले हिमपातका कारण विद्युत्भार कटौती गर्न बाध्य भएको बताएको छ । सिमकोट गाउँपालिका–८ याङ्गुका हस्तेवीर शाहीका अनुसार ६० घरधुरीमध्ये १५ घरधुरीमा बत्ती बालेको र ४५ घरधुरी विद्युत् सेवाबाट बञ्चित हुन पुगेकाले पटकपटक विद्युत् कार्यालय धाउनुपरेको छ ।

Leave a Reply

Your email address will not be published.