काठमाडौं उपत्यकामा चल्ने सार्वजनिक यातायातमा जोरविजोरको नियम हटाइएको छ । उपत्यकाका तीन वटा जिल्ला प्रशासन कार्यालयका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले सार्वजनिक यातायातमा जोर-बिजोर प्रणाली हटाउने निर्णय गरेको हो । अर्को आदेश नआए सम्मको लागि सार्वजनिक यातायातमा यसअघि लगाइएको जोरबिजोर प्रणाली हटाइएको काठमाण्डौका प्रमुख जिल्ला अधिकारी गोविन्द प्रसाद रिजालले जानकारी दिनुभयो ।
उहाँका अनुसार निजी यातायातको हकमा जोरविजोर प्रणाली कायमै रहेको छ । निजी र ट्याक्सीहरुका लागि भने जोरविजोर प्रणाली कायम रहेको छ । त्यस्तै शैक्षिक संस्थाहरुलाई माघ मसान्त सम्म भौतिक कक्षा सञ्चालन नगर्न नगराउन आदेश गरेको छ। यसअघि माघ १५ गते सम्मको लागि आदेश गरेको थियो ।