अमेरिका र क्यानडाको सीमा वारपार गर्न कोरोना विरुद्धको खोप अनिवार्य गरिएपछि क्यानडाका ट्रक चालकहरुले विगत दुई दिनदेखि राजधानी ओटावामा प्रदर्शन गरिरहेका छन् । तथाकथित स्वतन्त्रता संग्राम नाम दिइएको अभियानमा हजारौं प्रदर्शनकारी सहभागी भएका छन् ।
प्रदर्शनमा स्वास्तिक झण्डा, चिहान माथि महिलाको नृत्य र सैनिकको भेषमा गैरसैनिक पनि देखिएपछि प्रहरीले थप अनुसन्धान गर्ने जनाएको छ । क्यानडाकी रक्षामन्त्री अनिता आनन्दले यस्ता गतिविधि घोर निन्दनीय भएको बताउनु भएको छ । ओटावा प्रहरीले ट्वीटर मार्फत् प्रदर्शनकारीका नाममा भइहरेका अराजक गतिविधिको छानविन गरिने जनाएको हो ।