मगर-नेवार समुदायलाई बाजा सहयोग

राष्ट्रिय समाचार

रामपुर (पाल्पा), १७ माघ (रासस)/ आदिवासी जनजाति समन्वय समिति रामपुरले कला संस्कृतिको संरक्षण एवं प्रवर्धन गर्न यहाँका मगर नेवार समुदायलाई मौलिक वाद्यवादन सामग्री सहयोग गरेको छ । समितिले रामपुर नगरपालिकाका १४ मगर समूहलाई एक-एक थान मादल र खैजडी चाप, नेवार समूहलाई ढोलक र झ्याली प्रदान गरेको हो ।

सो अवसरमा समितिका अध्यक्ष ईश्वरी श्रेष्ठले पुर्खौली पेसालाई निरन्तरता दिन वाद्यवादनका सामग्री समूहलाई उपलब्ध गराएको बताउनुभयो । कला संस्कृति जोगाइ राख्नका लागि वडाले वाद्य वादनका सामग्रीमा आर्थिक सहयोग गरेको वडाध्यक्ष एकबहादुर नेपालीले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “पुराना रीतिरिवाजलाई जोगाउनु हामी सबैको दायित्व हो । वडाले हरेक वर्ष लक्षित वर्ग समूहलाई वजेट विनियोजन गर्दै आएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *