फाइजर र बायोएनटेकले चाँडै अमेरिकी स्वास्थ्य नियामक संस्थाहरूलाई पाँच वर्ष र सो भन्दा कम उमेरका बालबालिकाका लागि कोभिड–१९ खोपको आपतकालीन प्रयोग गर्न अनुमति माग्ने तयारी गरेका छन् ।
अमेरिकाले अहिलेसम्म कोरोना विरुद्धको खोप पाँच वर्ष मुनिका बालबालिकालाई लगाएको छैन । द न्युयोर्क टाइम्स तथा अन्य सञ्चार माध्यमहरूका अनुसार पाँच वर्षमुनिका र छ महिनामुनिका बालकालिकाका लागि दुई थरी खोप लगाउने प्रबन्धको लागि आकस्मिक अनुमति माग्न सक्ने तयारी भइरहेको छ ।
अमेरिकामा ओमिक्रोन विविधताको लहर घट्दै गएकोले खोप अभियानलाई थप तीब्र बनाउने तयारी भइरहेको छ । अमेरिकी अविभावकहरु अझै पनि स्कूल बन्द गर्ने सरकारी निर्णय र आफ्ना खोप नलगाएका छोराछोरीको स्वास्थ्य चिन्ता लिएर बस्न बाध्य छन् । गत महिना खाद्य तथा औषधि प्रशासनले १२ वर्षका बालबालिकाका लागि फाइजरको कोभिड–१९ बूस्टर मात्रालाई अनुमोदन गरेको थियो । रोग नियन्त्रण तथा रोकथाम केन्द्रका अनुसार यस उमेर समूहमा खोप लगाउने दर २२ प्रतिशतभन्दा कम छ ।