इक्वेडरमा भारी वर्षा

अन्तर्राष्टिय समाचार

इक्वेडरमा २० वर्षयताकै भारी वर्षा/बाढी, पहिरो र डुवानमा परी २२ जनाको मृत्यु, २० जना बेपत्ता, ४७ जना घाइते ।

इक्वेडरमा २० वर्षकै सर्वाधिक भारी वर्षा भएपछि गएको पहिरोमा परी मृत्यु हुनेको संख्या २२ पुगेको छ । घटनामा परी अझै २० जनाभन्दा बढी हराइरहेका छन् भने ४७ जना घाइते छन् । भारी वर्षा पछि आएको बाढीले एउटा मनोरञ्जन स्थल र आठ वटा घरहरू डुबानमा परेका छन् । बाढीले थुप्रै कारहरू बगाएको छ ।

इक्वेडरको  हिमाली क्षेत्रमा वर्षाको मात्रा अनुमान गरिए भन्दा झण्डै ४० गुणा बढी भएको मौसमविद्हरुले बताएका छन् । खोज तथा उद्दार टोली बाढीले पुरिएका घरहरुमा बेपत्ता भएकाहरुको खोजी कार्य गरिहरेको छ । भारी वर्षापछि आएको बाढी, पहिरो र डुवानबाट इक्वेडरका ला ग्यास्का, ला कम्युना, कोटाकाची र स्यान्टीयागो बढी प्रभावित भएका छन् । यस पटक भएको वर्षा सन् २००३ यताकै सर्वाधिक भारी वर्षा भएको बताइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *