श्रीलंकामा कोरोना संक्रमण उच्च : लकडाउन नगरिने

अन्तर्राष्टिय समाचार

श्रीलंकामा कोरोना भाइरसको सङ्क्रमण फैलिएको भए पनि देशव्यापी लकडाउन गर्न भने अस्वीकार गरिएको छ । देशका स्वास्थ्य अधिकारीहरूले तत्काल लकडाउन लगाउनु उपयुक्त नहुने भन्दै खोप लगाउने अभियानलाई तीव्रता दिन सुझाव दिएका हुन् ।

कोरोना भाइरसको नयाँ भेरियन्टको रुपमा देखिएको ओमिक्रोनको सङ्क्रमण तीव्र रुपमा फैलिएकाले देशव्यापी लकडाउन लागू गर्ने बारेमा छलफल भएको थियो । खोपको दोस्रो मात्रा लगाएकाहरूलाई बुस्टर डोज लगाउन पनि जोड दिइने अधिकारीहरूले जनाएका छन् । विज्ञ तथा सरोकारवालाको आन्तरिक संयुक्त बैठकमा अहिले लागू भइरहेका कतिपय प्रतिवन्धात्मक व्यवस्थाहरुलाई भने निरन्तरता दिनु उपयुक्त हुने सुझाव दिएका छन् । उनीहरूले सामाजिक दुरी कायम गर्नुपर्ने, भिडभाड गर्न नहुने र मास्क अनिवार्य लगाउनुपर्ने लगायतका नियमलाई भने कडाइका साथ कार्यान्वयन गराउन आग्रह गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *