१९ माघ (रासस, सिन्ह्वा)/ तान्जानियाको सभामुखमा ४५ बर्षिया महिला नेतृ निर्वाचित हुनुभएको छ । तत्कालिन उपसभामुख तुलिया अक्सन सभामुखमा निर्वाचित हुनुभएको हो । उहाँ देशको मबेया निर्वाचन क्षेत्रबाट निर्वाचित सांसद हुनुहुन्छ ।
तत्कालिन सभामुखले सरकारमा प्रस्तुत एक विधेयकमा गलत भूमिका खेलेको भन्दै आलोचना भएपछि उहाँले राजिनामा दिनुभएको थियो । उहाँको ठाउँमा अक्सन निर्वाचित हुनु भएको हो । नवनिर्वाचित सभामुख अक्सन सत्तारुढ दल चामा चा मापिन्डुजी (सिसिएम) पार्टीकी नेतृ हुनुहुन्छ ।
उहाँ तान्जानियाको आठौं सभामुख हुनभएको छ । महिला नेतृबाट सभामुख निर्वाचित भएको भने यो दोस्रो पटक हो । पूर्वी अफ्रिकी मुलुक तान्जानियाको सभामुखमा निर्वाचित भएपछि अक्सनले संसदलाई चलायमान र सवैको साझा थलोका रुपमा स्थापित गराउने प्रतिवद्धता जनाउनु भयो ।