टाेकियाे, माघ २१/ जापानमा सन् २०२१ मा दुई हजार १ सय ७० बाल दुव्र्यवहारका घटनाहरू रेकर्ड गरिएका छन् । यो तथ्याङ्क एक वर्ष पहिलेको तुलनामा १.७ प्रतिशतले बढी हो । कोरोना भाइरस महामारीले असुरक्षित नाबालिगहरूको सुरक्षा गर्न कल्याणकारी सुरक्षा अधिकारीहरूको क्षमतामा प्रतिबन्ध लगाएको थियो, प्रहरीको राष्ट्रिय निकाय (एनपीए)को बिहीबारको रिपोर्टमा जनाएको छ ।
एनपीएको प्रारम्भिक रिपोर्ट अनुसार राष्ट्रव्यापी रूपमा १८ वर्षमुनिका बालबालिकाहरूले वा उनीहरूका अविभावकले दुव्र्यवहारमा परेको भन्दै बाल कल्याण केन्द्रहरूलाई सूचना दिएपछि कूल एक लाख आठ हजार ५० मुद्दा दर्ता गरिएको थियो । अघिल्लो वर्ष पनि यो सङ्ख्या एक लाखभन्दा बढी रहेको थियो । अघिल्लो वर्षको तुलनामा गत वर्ष १ प्रतिशत उजुरी बढेको पाइएको थियो ।
एनपीएका अधिकारीले भने, “कोरोना भाइरस महामारीले बालबालिकामाथि निगरानी राख्ने अवसरहरूलाई सीमित गर्ने डर छ, त्यसैले हामी दुव्र्यवहार पत्ता लगाउन सम्भव भएसम्म निगरानी गरिरहनेछौं ।”
तथापि, यो अवधिमा जापानमा समग्र अपराधको संख्या पाँच लाख ६८ हजार १४८ रेकर्ड गरिएको छ । यो सङ्ख्या लगातार सातौं वर्षसम्म निरन्तर घटिरहेको एनपीएले बताएको छ । हत्या र डकैतीजस्ता गम्भीर अपराधहरू १.३ प्रतिशतले कमी आएको छ । नाबालिग लगायत झन्डै २० हजार अनलाइन परामर्शहरूमा सहभागिता जनाएको तथ्याङ्कले देखाएको छ । यस बाहेक जापानमा साइबर अपराधको घटना २४.३ प्रतिशतले बढेको प्रहरी अध्ययनले देखाएको छ ।