स्वीडेनमा कोरोना संक्रमण घट्यो, प्रतिबन्ध हटाइने

अन्तर्राष्टिय समाचार

स्वीडेनमा कोरोना भारइरसको संक्रमण तीब्र रुपमा फैलिन थालेपछि संक्रमण नियन्त्रणका लागि लागू गरिएका प्रतिबन्धात्मक व्यवस्थाहरु हटाइने भएको छ । कोरोनाको महामारी नियन्त्रणमा आउँदै गएको र खोप कार्यक्रम पनि प्रभावकारी रुपमा संचालन गरिएकाले आगामी फेब्रुअरी ९ देखि लागू हुने गरी सबै प्रतिबन्धात्मक व्यवस्थाहरु हटाउने निर्णय भएको हो ।

संक्रमण घट्न थालेसँगै युरोपका धेरै देशमा लागू गरिएका प्रतिबन्धात्मक व्यवस्थाहरु हटाउन थालिएको छ । स्वीडेनकी प्रधानमन्त्री माग्डलेना अन्डेर्सनले देशमा लगाइएको प्रतिवन्धात्मक व्यवस्थाहरु अब हटाउने बेला भएको बताउनु भएको छ । प्रधानमन्त्री माग्डलेनाले आगामी फेब्रुअरी ९ देखि स्वीडेन पुरै खुल्ला हुने घोषणा गर्नुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *