संयुक्त राष्ट्रसंघीय सुरक्षा परिषदमा उत्तर कोरियाले हालै गरेको ब्यालेस्टिक क्षेप्यास्त्र परीक्षणका विषयमा छलफल गरिएको छ । गत आइतबार उत्तर कोरियाले सो क्षेप्यास्त्र परीक्षण गरेको हो ।
सुरक्षा परिषद्का केही सदस्यहरुले उत्तर कोरिया माथि लगातार क्षेप्यास्त्र परीक्षण गरेकोभन्दै कारवाही गर्नुपर्ने माग गरेका छन् । पछिल्लो पटक परीक्षण गरिएको क्षेप्यास्त्र अमेरिकाको सीमा सम्ममा निसाना लगाउन सक्ने क्षमताको रहेको बताइएको छ ।
राष्ट्रसंघीय सुरक्षा परिषद्को मौनताले ठुलो मूल्य चुकाउनु पर्ने राष्ट्र संघका लागि अमेरिकी राजदूत लिन्डा थोमस ग्रीनफिल्डले बताउनु भयो । उत्तर कोरियाको गतिविधिले सुरक्षा परिषद्को संकल्प प्रस्तावको उल्लंघन गर्ने र यस क्षेत्रलाई थप अस्थिर बनाउनुका साथै अन्तर्राष्ट्रिय शान्ति सुरक्षालाई खतरामा पार्ने परिषद्का केही सदस्यहरुको भनाई छ ।