पाँच महिना लामो खडेरीका कारण तान्जानियामा घर पालुवा गाई, बाख्रा, भेडा गधासहित तीन लाख छ हजार ३५८ जनावरको मृत्यु भएको पशुपालन तथा मत्स्य पालन मन्त्रालयले जनाएको छ ।
पशुपालन तथा मत्स्य पालन मन्त्री माशिम्बा एनडिकीले जनवरीमा मन्त्रालयका विशेषज्ञहरूले गरेको आँकलन अनुसार लामो सुक्खाको कारण पानी र चरनको अभावले गर्दा सेप्टेम्बर २०२१ देखि जनवरी २०२२ अन्त्यसम्ममा ती जनावरहरू मरेको जनाइएको छ ।
अरुशा, किलिमन्जारो, मरोरा, मोरोगोरो, टांगा र कोस्टमा यी जनावरहरू मरेका हुन् । यो छ वटा क्षेत्रमा मौसमी वर्षापछि लामो सुक्खाका कारण चौपाया लगायतका जङ्गली जनावरहरू प्रभावित भएका हुन् ।