चौरासी पूजाको रकम असहाय विद्यार्थीका लागि खर्च गरिने

Featured राष्ट्रिय विद्यालय समाचार समाचार

पाल्पा, २२ माघ (रासस)/ पाल्पाको रैनादेवी छहरा–५ मुझुङ्गम स्थित कालिका माध्यमिक विद्यालयमा एक स्थानीयले बुवाको चौरासी पूजाका लागि छुट्याएको रकमले विद्यालयमा अक्षयकोष स्थापना गर्नुभएको छ । मुझुङ्गका नारायण बहादुर रायमाझीले बुबा चित्रबहादुर रायमाझीको चौरासी पूजा नगरी सो वापतको रकम एक लाख ५१ हजार रुपैयाँको अक्षयकोष स्थापना गर्नुभएको विद्यालयले जनाएको छ । विद्यालयमा अध्ययनरत कक्षा १ देखि १० सम्मका असहाय तथा जेहेन्दार विद्यार्थीलाई सहयोग गर्न बुबा र स्वर्गीय आमा बोधकुमारीको नाममा अक्षयकोष स्थापना गर्नुभएको विद्यालयका प्रधानाध्यापक श्रमण अर्घालीले बताउनुभयो । यसैबीच रुपन्देहीको बुटबल उपमहानगरपालिका ६ अस्पताल लाइनका हर्कबहादुर कार्की र श्रीमती मीनाकुमारीले स्वर्गीय बुबा ललित बहादुर र आमा जानुकुमारीका नाममा एक लाख एक हजार एक सय ११ रुपैयाँको अक्षयकोष स्थापना गर्नुभएको हो । सो विद्यालयमा अक्षयकोषले जेहेन्दार विद्यार्थीलाई सहयोग प्रदान गर्ने प्रधानाध्यापक अर्घालीले बताउनुभयो । विद्यालयको निर्माणधिन चार कोठे भवन बनाउन ११ हजार १ सय ५५ रुपैयाँ हर्कबहादुरले सहयोग गर्नुभएको छ ।।

Leave a Reply

Your email address will not be published. Required fields are marked *