यूक्रेनमाथि आक्रमण हुने चर्चाले युक्रेनका बालबालिकाको मानसिक स्वास्थ्यमा असर परेको छ । संयुक्त राष्ट्रसंघीय निकाय यूनिसेफले द्वन्द्वको विषयले बाल मनोविज्ञानमा ठुलो असर पारेको जनाएको छ ।
युद्ध भयो भने के हुन्छ होला ? त्यतिबेला आफूहरु कसरी बाँचिन्छ होला ? आफन्तहरुलाई केही भयो भने के गर्नेहोला ? भन्ने जस्ता प्रश्नले बालबालिकालाई सताउने गरेको युनिसेफले उल्लेख गरेको छ । उनीहरूले आफूलाई पीडा भइरहेको अनुभव पनि सुनाएको युनिसेफले जारी वक्तव्यमा उल्लेख छ ।
बालबालिकाहरूमा आफ्नो पढाइको समेत चिन्ता देखिएको छ । उनीहरूलाई युनिसेफले आवश्यक सहयोग तथा सेवा समेत उपलब्ध गराउन सुरु गरेको छ । यूनिसेफले अघिल्लो बर्ष ७० हजार बालबालिकासम्म आफ्नो सहयोग पुगेको पनि जनाएको छ ।