विश्वभरि नै कोरोना भाइरसको संक्रमण दर घटिरहेकाे छ

अन्तर्राष्टिय समाचार

विश्वभरि नै कोरोना भाइरसको संक्रमण दर घटेको छ । उच्च संक्रमण दर रहेका अमेरिका, बेलायत, फ्रान्स, जर्मनी, इटाली, स्पेन र भारतमा पनि उल्लेख्य रुपमा संक्रमण घटेको छ । दुई साता अघि सम्म ७ लाखसम्म पुगेको अमेरिकाको कोरोना संक्रमण दर घटेर अहिले ९१ हजारमा झरेको छ । केही दिन अघिसम्म तीन लाख नजिक पुगेको भारतको संक्रमण दर पनि १ लाखमा झरेको छ ।

फ्रान्स, रुस, ब्राजिल र जर्मनीमा भने अझै पनि संक्रमण दर उच्च नै छ । फ्रान्समा पछिल्लो २४ घन्टामा २ लाख १५ हजारको हाराहारीमा नयाँ संक्रमित थपिएका छन् । केही दिन अघिको तुलनामा फ्रान्समा पनि संक्रमण घटेको हो । रुसमा पनि दैनिक संक्रमितको संख्या अझै १ लाख ७७ हजारभन्दा बढी छ । यसै गरी ब्राजिलमा पनि १ लाख ५४ हजार बढी नयाँ संक्रमित थपिएका छन् भने जर्मनीमा १ लाख ६६ हजारभन्दा बढी नयाँ संक्रमित थपिएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *