सरस्वती पूजाकाे अवसरमा झमक दिदीकाे विचार

लेख-रचना विचार

सरस्वती मया दृष्टा वीणा पुस्तक धारिणी।
हंस वाहन संयुक्ता विद्यादानं करोतु मे।।
भाइबहिनहरु, सरस्वती पूजाका अवसरमा धेरैधेरै शुभकामना छ । सरस्वती पूजा गर्ने क्रममा यो श्लोक हामीले भन्दै आएका छौँ । यसको अर्थ सरस्वती माता चन्द्रमाको समान उज्यालो हुनुहुन्छ, सेतो लुगा लगाएर हातमा वीणा र मालासहित सजिनुभएको छ, सेतो कमलको फूलमाथि बस्नुभएकी ती देवी जसको व्रम्हा, विष्णु, शिव आदि सबैसबैले आदरसाथ आराधना गर्नुहुन्छ । हामी सबैकी आमा सरस्वती हाम्रा अज्ञानताहरूलाई नाश गर्दै हामीलाई विद्या दिनुहोस् भन्ने हाे ।

साहित्यकार झमक घिमिरे दिदी

सरस्वती पूजाकाे दिन मदन पुरस्कार विजेता साहित्यकार झमक घिमिरे दिदी भन्नुहुन्छ :

सरस्वती पूजा गर्नु भनेको सरस्वतीको फोटो अगाडि फूल , अक्षताले पुज्नु मात्र होइन, प्रत्येक मान्छेले आफ्नो बुद्धि र विवेकमा निख्खरता ल्याउनु , विचारमा शुद्धता ल्याउनु , आफ्नाे आचरणमा शालीनता ल्याउनु , ज्ञानविज्ञानलाई फराकिलो पार्दै जानु र लानु पनि हो !

हाम्रो मन, मस्तिष्कमा जिउँदो सरस्वती तत्व सुतिरहेको छ त्यसलाई जगाउने फूल , अक्षता, धूप ,वत्तीले होइन, सीप र साधनाले हो ! आफ्नो बल,वर्गत, सामर्थ्यले हो ! त्यसैले यसतर्फ सबैले ध्यान दिऔं !

सबैमा सरस्वती पूजा र वसन्त पञ्चमीको उपलक्ष्यमा हार्दिक शुभकामना ! आ-आफ्नो सामर्थ्यले भ्याएसम्म यस धरालाई केही देन दिने प्रयत्न गरौं ! अनि मात्र मान्छे भएर जन्मेको सार्थक होला कि !

झमक दिदीको यो सन्देश हामीले उहाँको फेसबुकबाट साभार गरेका हौँ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *