१२ वर्ष पूरा भएका बालबालिकालाई स्वास्थ्य मापदण्ड पालना गरेर नियमित कक्षामा सहभागी हुन दिने तथा १२ वर्षमुनिका बालबालिकालाई भने बार अनुसार आलोपालो कक्षामा सहभागी गराइने ।
आगामी फागुन १ गतेदेखि भौतिक रुपमा कक्षा संचालन गर्ने गरी शैक्षिक संस्था विद्यालय खुल्ला गरिने भएको छ । काठमाडौं उपत्यकाका तीन प्रमुख जिल्ला अधिकारीको बैठकले फागुन १ गतेदेखि भौतिकरुपमा कक्षा सञ्चालन गर्न सकिने जनाएको हो । १२ वर्ष पूरा भएका बालबालिकालाई स्वास्थ्य मापदण्ड पालना गरेर नियमित कक्षामा सहभागी हुन दिने तथा १२ वर्षमुनिका बालबालिकालाई भने बार अनुसार आलोपालो कक्षामा सहभागी गराउने निर्णय गरेको छ ।
यसैगरी, डान्सबार, दोहोरी, नाचघर, क्बललगायत रात्रिकालीन व्यवसाय भने फागुन १ गतेदेखि राति १० बजे अगाडिसम्म मात्र सञ्चालन गर्न दिने निर्णय भएको छ । सबै नागरिकलाई अनिवार्य स्वास्थ्य मापदण्डको पालना गर्न समेत बैठकले आग्रह गरेको छ ।
पार्टी प्यालेसको हकमा भने पूर्ण क्षमताको ५० प्रतिशत अथवा १०० जना भन्दा बढी भेला हुन नपाउने गरी सञ्चालन गर्न पाइनेछ । बैठकले सबै प्रकारका आमसभा, जुलुस, भेला, सम्मेलन, जात्रा, महोत्सव, हाट बजार लगायत भीडभाड हुने कार्य गर्न नपाउने निर्णय गरेको छ ।