बेलायतमा क्यामिलालाई नै रानी बनाउने बेलायती महारानीको भनाइ

Featured अन्तर्राष्टिय

बेलायती महारानी एलिजावेथ द्वितीयाले युवराज चाल्र्स राजा बनेपछि उहाँकी पत्नी क्यामिला नै रानी बन्ने स्पष्ट पार्नु भएको छ । यसै ग्रीष्म ऋतुका लागि तय गरिएको महत्वपूर्ण हिरक जयन्ती समारोहसँगै ‘परिवार, मित्रहरू, छिमेकी र समुदायलाई एकसाथ भेला गर्ने’ आफूले विश्वास लिएको पनि महारानी एलिजावेथले बताउनुभयो । गद्दी आरोहणको हिरक उत्सवको अवसरमा शनिबार एक सन्देश जारी गर्दै महारानी एलिजावेथले क्यामिलाको पक्षमा धारणा प्रष्ट पार्नु भएको हो ।

क्यामिला युवराज चाल्र्सकी दोस्रो श्रीमती हुनुहुन्छ । युवराज्ञी डायनाको कार दुर्घटनामा निधन भएपछि युवराज चाल्र्सले प्रेमिका क्यामिलासँग दोस्रो विवाह गर्नु भएको थियो । चाल्र्सले विवाह गरे पनि क्यामिला रानी बन्न पाउने नपाउने विषय बेलायती राजनीतिमा बहसको विषय बन्दै आएको थियो । तर महारानी एलिजावेथले युवराज चाल्र्सले गद्दी आरोहण गरेपछि उहाँसँगै गद्दीमा बस्ने अधिकार क्यामिलालाई रहेको भन्दै बहसलाई अन्त्य गरिदिनुभएको हो ।

९५ वसन्त पार गर्नुभएकी  महारानी एलिजावेथले लिखित एक सन्देशमा आफ्नो छोरा चाल्स राजा बनेपछि उनी र उनकी रानी क्यामिलालाई पनि आफूलाई जस्तै सहयोग र सद्भाव प्राप्त हुनेमा पूर्ण विश्वस्त रहेको बताउनुभएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *