गत महिना इस्लामिक स्टेट समूहले आक्रमण गरेको सिरियाको उत्तरपूर्वी जेलमा नाबालकलाई थुनामा राखिएको संयुक्त राष्ट्रसंघले आइतबार जानकारी गराएको छ । उनीहरुको अवस्थालाई ‘खतरायुक्त’ भन्दै उनीहरूको सुरक्षा तथा मानवीय स्वतन्त्रताका लागि राष्ट्रसंघले विश्व समुदायसँग आग्रह गरेको छ ।
संयुक्त रुपमा सेभ द चिल्ड्रेन, ह्युमन राइट्स वाच’ लगायत अन्तर्राष्ट्रिय अधिकार समूहहरूले जेलको अनुगमनपछि जनवरी २० मा ७ सय भन्दा बढी किशोरहरू ग्वयरान जेलमा रहेको यस पहिल्यै बताएका थिए । हजारौं जिहादी लडाकूहरू रहेको उक्त जेलमा तिनीहरूलाई नजिकैको विस्थापन शिविरबाट स्थानान्तरण गरिएको थियो ।
त्यहाँ रहेका सयौँ बालबालिकाहरू १२ देखि १८ वर्षमुनिका रहेका र उनीहरूमध्ये केही आफ्ना अभिभावक विना नै पनि त्यहाँ रहेका मानव अधिकार समूहले बताएका छन् । कति नाबालिगहरू अझै थुनिएका छन् भन्ने निर्दिष्ट नगरिकन संयुक्त राष्ट्रसंघको बाल अधिकार हेर्ने निकायले भनेको छ, “युनिसेफले अझै पनि ग्वयरान हिरासत केन्द्रमा थुनिएका केही बालबालिकाहरूसँग भेटेको र त्यहाँ केही आधारभूत सेवाहरू स्थापना भए तापनि यी बालबालिकाहरूको अवस्था असाध्यै पीडादायी रहेको बताइएको छ ।
कुर्दिश नेतृत्वको सिरियाली डेमोक्रेटिक फोर्सका फरहद शामीले एएफपीलाई दिएको जानकारीमा ‘सयौं’ नाबालिगहरू अझै पनि ग्वयरानमा राखिएको बताए पनि तथ्याङ्क दिन नसक्ने बताए ।