केही स्थानमा वर्षाको सम्भावना छ

राष्ट्रिय समाचार

काठमाडौँ, २४ माघ (रासस)/ हाल देशभर पश्चिमी वायुको सामान्य प्रभाव छ । सो मौसमी प्रणालीको प्रभावले अहिले देशको पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । आज दिउँसो आंशिकदेखि सामान्य बदली रहनेछ । प्रदेश नं १ का पहाडी भू–भागको केही स्थानमा हल्का वर्षाको सम्भावना छ ।

रातिको समयमा पनि प्रदेश नं १, बागमती र गण्डकी प्रदेशमा आंशिकदेखि सामान्य बदली रहने छ भने बाँकी प्रदेशमा मौसम सफा रहनेछ । काठमाडौँ उपत्यकामा बिहानैदेखि पारिलो घाम लागेकाले न्यानो महसुस गरिएको छ ।

महाशाखाको पछिल्लो विवरणमा काठमाडौँको न्यूनतम तापक्रम पाँच तथा अधिकतम तापक्रम १६ डिग्री सेल्सियस छ । मङ्गलबार पनि प्रदेश नं १, मधेश, बागमती र गण्डकी प्रदेशमा आंशिकदेखि सामान्य तथा अन्य प्रदेशमा आंशिक बदली रहनेछ । प्रदेश  नं १ का केही स्थानमा हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *