कोलम्बियामा भारी वर्षापछि गएको पहिरोमा परी १४ जनाको मृत्यु/३५ जना घाइते, एक जना बेपत्ता/पहिरो नरोकिएकाले सुरक्षित स्थानमा रहन नागरिकहरुलाई चेतावनी ।
कोलम्वियाको आवासीय क्षेत्रमा हिजो परेको भारी वर्षापछि पहिरो खस्दा १४ जनाको मृत्यु भएको छ । घटनामा ३५ जनाभन्दा बढी घाइते छन् भने एक जना बेपत्ता रहेको अधिकारीहरुले जनाएका छन् । पहिरोका कारण पेरिरा नगरपालिकाको रिसरल्दा क्षेत्र बढी प्रभावित भएको छ । सो क्षेत्रमा अझै पनि पहिरो जाने क्रम नरोकिएकाले स्थानीयलाई सुरक्षित स्थानमा जान सचेत गराइएको छ । सो क्षेत्रमा काठबाट बनेका घरहरु भएकाले ठूलो मात्रामा क्षति पुगेको छ । प्रभावित क्षेत्रका ६० भन्दा बढी घरहरु खाली गराइएको छ । पहिरो जाने क्रम नरोकिएकाले खोज तथा उद्दार कार्यलाई तीब्र पारिएको छ । क्षतिको पूर्ण विवरण आउन बाँकी रहेको जनाइएको छ । (फाेटाे : बीबीसी)