फ्रान्समा खोप लगाएका यात्रुले कोभिडपरीक्षण गर्नु नपर्ने

अन्तर्राष्टिय समाचार

फ्रान्सले खोप लगाएका युरोपेली संघ बाहिरका यात्रुका लागि चाँडै नै कोभिड सङ्क्रमण भएको वा नभएको परीक्षण गर्नुपर्ने प्रावधानलाई छिट्टै हटाउने भएको छ । दैनिक रुपमा संक्रमणको संख्या घट्दै गएपछि फ्रान्सले यस प्रावधानलाई क्रमशः खुकुलो पार्दै हटाउन लागेको युरोप मामिला मन्त्री क्लेमेन्ट बेउनले बताउनुभएको हो ।

फ्रान्सले केही दिनमै खोप लगाएका मानिसहरूका लागि परीक्षणको आवश्यकता छैन भनेर घोषणा गर्ने तयारी गरेको मन्त्री बेउनले एक टेलिभिजनसँगको अन्तर्वार्तामा बताउनुभयो । हाल बेलायत लगायत इयू बाहिरबाट आउने जो कोहीले पनि खोपको स्थिति जस्तोसुकै भएपनि ४८ घण्टा पहिले कोभिड सङ्क्रमण परीक्षण गरेको रेकर्ड देखाउनुपर्ने व्यवस्था छ ।

यसै साता सम्भवतः सजिलो उपायका साथ, यूरोप बाहिरबाट आइपुगेका खोप लगाएका मानिसहरूका लागि एउटा नयाँ युरोपेली नियम बन्ने  उहाँले स्पष्ट पार्नुभयो । युरोपेली सरकारका सदस्यहरू विशेष गरी यूरोपेली समूह राष्ट्रभित्रको सीमाना पार गर्ने मानिसहरूका लागि आफ्नो यात्रा नियमहरू अझ राम्रोसँग समन्वय गर्न जनवरी २५ मा सहमत भएका हुन् ।

ओमिक्रोन वृद्धिले इटाली र डेनमार्कले यूरोप क्षेत्रका बासिन्दाहरूलाई पनि प्रवेश गर्नका लागि हालसालै कोभिड परीक्षण सङ्क्रमण नभएको पुष्टि गर्ने कागजात पेस गर्ने प्रावधान लागू गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *