भारतमा १५-१८ वर्षका ५ करोडले खोप लगाए

अन्तर्राष्टिय समाचार

भारतमा कोरोना भाइरस विरुद्धको खोप अभियान तीव्र गतिमा अघि बढेको छ ।  भारतका १५ देखि १८ वर्षसम्मका पाँच करोडभन्दा बढी युवाले कोरोना भाइरस विरुद्धको पहिलो खोप लगाएका छन् । ठुलो मात्रामा खोप लगाएकाहरुको सङ्ख्या देखिएकाले पछिल्ला दिनमा कोरोना भाइरस विरुद्धको लडाई सहज हुने अधिकारीहरूले बताएका छन् ।

खोप लगाउन बाँकी रहेका अन्य व्यक्तिलाई समेत छिट्टै खोप लगाउन अनुरोध गरिएको छ । भारतमा अहिलेसम्म कुल १ अर्व ७० करोडले कोरोना भाइरस विरुद्धको खोप लगाएको अधिकारीहरूले जानकारी दिएका छन् । संघीय स्वास्थ्य मन्त्रालयले देशभरी एक करोड ६७ लाख भन्दा बढी खोप प्रदेश तथा राज्य सरकारहरुलाई हस्तान्तरण गरिएको जनाएको छ । भातरमा सन् २०२१ को जनवरी १६ देखि कोरोना भाइरस विरुद्धको खोप अभियान सुरु भएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *