सुरक्षित इन्टरनेट दिवस : अनलाइनमा बाल सुरक्षा चुनौतीपूर्ण

राष्ट्रिय समाचार

वर्तमान समयमा सूचना र सञ्चार प्रविधिको प्रयोगबाट वञ्चित हुन नसक्ने भए पनि यसबाट बालबालिकामा उत्पन्न हुन सक्ने असुरक्षाबारे अभिभावक र सम्बन्धित पक्ष सचेत र जिम्मेवार बन्नुपर्नेमा जोड

‘टुगेदर फर बेटर इन्टरनेट’ भन्ने नाराका साथ १९ औँ विश्व सुरक्षित इन्टरनेट दिवस नेपालमा पनि मनाइएको छ । सो अवसरमा नेपाल दूरसञ्चार प्राधिकरण र सिर्जनशील समाज नेपालको आयोजना, नेटफोर गुड एलाइन्सको सहकार्य र राष्ट्रिय बाल अधिकार परिषद्को समन्वयमा ‘डिजिटल डिभाइड र अनलाइन बाल सुरक्षा’ विषयक कार्यशालामा विभिन्न मन्त्रालय, निकाय र अधिकारका क्षेत्रमा कार्यरत संस्थाका प्रतिनिधिले वर्तमान समयमा सूचना र सञ्चार प्रविधिको प्रयोगबाट वञ्चित हुन नसक्ने भए पनि यसबाट बालबालिकामा उत्पन्न हुन सक्ने असुरक्षाबारे अभिभावक र सम्बन्धित पक्ष सचेत र जिम्मेवार बन्नुपर्नेमा जोड दिएका छन् ।

उनीहरुले विद्यमान कानून र नीतिको कार्यान्वयन गर्दै नयाँ नयाँ आयामहरुलाई समावेश गरेर कानून संशोधन गर्न पनि सुझाव दिएका छन् । कार्यक्रममा सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सहसचिव अनिलकुमार दत्तले सरकारले ‘डिजिटल नेपाल फ्रेमवर्क’ तर्जुमा गरी कार्यान्वयन गरिरहेको जनाउँदै इन्टरनेटका माध्यमबाट हुने बाल अधिकार हननका घटना रोक्न साइबर सुरक्षा नीति र कानूनमा सुधार गरिने बताउनुभयो । प्राधिकरणका अध्यक्ष पुरुषोत्तम खनालले बालबालिकामा हुन सक्ने इन्टरनेट सुरक्षा चुनौतीको सामना गर्ने पहिलो उपाय घर परिवार र अभिभावकमै रहेको बताउँदै यसका लागि जागरण अभियान सञ्चालन गर्नुपर्ने बताउनुभयो ।।

Leave a Reply

Your email address will not be published. Required fields are marked *