२५ माघ (रासस-सिन्ह्वा)/ सोमालियामा लामो समयदेखि खडेरी लागेका कारण खाद्यान्नको ठुलो संकट भएको छ । भोकमरीका कारण ठुलो संख्यामा नागरिकहरु प्रभावित भएको संयुक्त राष्ट्रसंघले जनाएको छ । संयुक्त राष्ट्रसंघले पछिल्लो समयमा भोकमरीका कारण कम्तीमा पनि ४३ लाख मानिस प्रभावित भएको जनाएको हो ।
साेमालियामा अघिल्लो महिनामा नै ३२ लाख मानिसलाई भोकमरीले छोएको र यो महिना अरु मानिस थपिएको राष्ट्रसंघले जनाएको छ । भोकमरीकै कारण खाना र पानी खोज्नका लागि २ लाख ७१ ह्जार मानिस त आफ्नो घर छोडेरै हिँडेको तथ्यांक राष्ट्रसंघको मानवीय सहायतासम्बन्धी एजेन्सीले जनाएको छ । यो जनसंख्याका लागि आवश्यक मात्रामा सहयोगका लागि पनि सो एजेन्सीले सबै विदेशी समुदायलाई आग्रह गरेको छ ।