काठमाडाैँ, माघ २८/ कोरोना संक्रमण बढेपछि बन्द रहेको पशुपतिनाथ मन्दिर आज माघ २८ गतेदेखि खुला गरिएको छ । तोकिएको न्यूनतम स्वास्थ्य मापदण्ड पालना गरी सर्वसाधारणका लागि मन्दिर खुला गरिएको हो । पशुपति क्षेत्र विकास कोषका अनुसार एक पटकमा ५० जनाभन्दा बढी भीड नहुने गरी दैनिक पूजाआजा र दर्शन गर्न आग्रह गरिएको छ । गत माघ ५ गतेदेखि मन्दिर बन्द गरिएपछि दैनिक नित्य पूजा बाहेक सर्वसाधारणका लागि मन्दिर बन्द गरिएको थियो ।
