एक दर्जनभन्दा बढी मुलुकहरुद्धारा आफ्ना नागरिकलाई युक्रेन छोड्न आग्रह

अन्तर्राष्टिय समाचार

युक्रेनमा युद्ध हुने पश्चिमा शक्तिहरुको दाबीपछि एक दर्जनभन्दा बढी मुलुकहरुद्धारा आफ्ना नागरिकलाई युक्रेन छोड्न आग्रह/रुसद्धारा उत्तेजक अनुमान भन्दै आरोप अस्वीकार ।

एक दर्जनभन्दा बढी मुलुकहरुले आफ्ना नागरिकलाई तत्काल युक्रेन छोड्न आग्रह गरेका छन् । रुसले युक्रेन माथि कुनै पनि बेला आक्रमण गर्न सक्ने पश्चिमा शक्तिहरुको चेतावनीपछि कयौं मुलुकले आफ्ना नागरिकलाई युक्रेन छोड्न दवाब दिएका हुन् । अमेरिका, बेलायत र जर्मनीले यस अघि नै आफ्ना नागरिकलाई युक्रेन छोड्न आग्रह गरिसकेका छन् ।

रुसले युक्रेनको सीमा नजिकै १ लाखभन्दा बढी सैना तैनाथ राखेको छ । तर युक्रेन माथि आक्रमणको कुनै योजना नरहेको भन्दै अमेरिका सहित पश्चिमा राष्ट्रहरुको आरोप अस्वीकार गर्दै आएको छ । अमेरिकी राष्ट्रपति जो बाइडनले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनलाई टेलिफोन गर्दै युद्ध भएमा त्यसको ठुलो मूल्य चुकाउनु पर्ने भन्दै चेतावनी दिनुभएको छ ।

युक्रेनका राष्ट्रपति भोलिदिमेर जेलेनेस्कीले युद्धको चेतावनीले आतंक फैलाउने बताउनु भएको छ । ह्वाइट हाउसले रुसले कुनै पनि बेला युक्रेन माथि हमला गर्न सक्ने बताउँदै हमलाको शुरुवात हवाई फायरबाट हुने दाबी गरेको छ । रुसले भन्ने यस्ता आरोपहरुलाई उत्तेजक अनुमानका रुपमा चित्रण गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *