फ्रान्समा कोभिड नियन्त्रणका लागि गरिएको प्रतिबन्ध विरुद्ध प्रदर्शन

अन्तर्राष्टिय समाचार

फ्रान्समा कोरोना महामारी नियन्त्रणका लागि लागू गरिएको प्रतिबन्धात्मक व्यवस्थाको विरोधमा व्यापक प्रदर्शन भएको छ । प्रतिबन्धको विरोधका लागि राजधानी पेरिस जाने प्रयास गरिरहेका हजारौं सवारी साधनहरु माथि प्रहरीले हस्तक्षेप गरेको छ ।

कोरोना नियन्त्रणका लागि लगाइएको प्रतिबन्धलाई स्वतन्त्रताको हनन् भन्दै विरोधमा उत्रिएकाहरु माथि प्रहरीले अश्रु ग्यास प्रहार गरेको छ । आन्तरिक मामिला मन्त्री गेराल्ड डरमानिनले प्रदर्शनमा सहभागी ५४ जनालाई गिरफ्तार गरिएको छ ।

प्रदर्शनलाई नियन्त्रणमा लिन आगामी तीन दिनका लागि ७ हजारभन्दा बढी सुरक्षाकर्मी खटाइएको छ । कडा सुरक्षा व्यवस्थाका बीच केही प्रदर्शनकारी राजधानी शहर प्रवेश गर्न सफल भएका छन् । उनीहरुलाई नियन्त्रणमा लिन अश्रु ग्यास प्रहार गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *