चितवनमा ५६ हजार बढी बालबालिकाले खोप लगाए

राष्ट्रिय समाचार

चितवन, २ फागुन (रासस)/ चितवनमा १२ देखि १७ वर्षसम्मका ५६ हजार ७८१ बालबालिकाले कोरोना विरुद्धको खोप लगाएका छन् । मोडर्ना खोप अभियान अन्तर्गत् विद्यार्थी लगायतका बालबालिकालाई खोप लगाइएको हो ।

स्वास्थ्य कार्यालय चितवनका जनस्वास्थ्य अधिकृत गीताञ्जली ढकालका अनुसार भरतपुर महानगरपालिकामा ३३ हजार ५८५, खैरहनीमा ५३५, माडीमा तीन हजार ११४ , रत्ननगरमा आठ हजार ७१६, राप्तीमा चार हजार ९२७, कालिका नगरपालिकामा तीन हजार ६५२ र इच्छाकामना गाउँपालिकामा दुई हजार २५२ जनाले खोप लगाएका हुन् । कार्यालयले पालिकाका स्वास्थ्य शाखा मार्फत् खोप लगाउने व्यवस्था गरेको थियो ।

यस अन्तर्गत् २ सय भन्दा बढी विद्यार्थी भएका विद्यालयमा नै खोप केन्द्र राखेर अभियान सञ्चालन गरिएको थियो । जिल्लामा ८० हजार हाराहारी सो उमेर समूहका बालबालिका रहेको अनुमान गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *