अस्ट्रिया र जर्मनीमा कोभिड प्रतिबन्ध खुकुलो

अन्तर्राष्टिय समाचार

युरोपेली मुलुकहरु अस्ट्रिया र जर्मनीले कोरोना भाइरसको संक्रमण नियन्त्रणका लागि लागू गरिएको प्रतिबन्ध खुकुलो गरेका छन् । संक्रमण नियन्त्रणका लागि केही साता खोप अनिवार्य गरेपछि यी दुबै मुलुकले प्रतिबन्ध खुकुलो बनाएका हुन् । खोप नलगाउनेका लागि भने अझै पनि प्रतिबन्ध कायम रहेको जनाइएको छ । जर्मनीले आगामी २० मार्चमा स्वतन्त्रता दिवसदेखि सबैजसो प्रतिबन्ध हटाउने निर्णय गरेको छ । अस्ट्रियाले भने मार्च ५ देखि नै प्रतिबन्ध फुकुवा गर्ने घोषणा गरेको छ ।

पछिल्लो समय फैलिएको ओमिक्रोन भेरियन्टका कारण गम्भीर विरामी हुने दर र अस्पताल भर्ना हुने दर न्युन रहेकाले प्रतिबन्ध खुकुलो पार्दै लगिएको जनाइएको छ । जर्मनीका चान्सलर भने अझै पनि कोरोना विरुद्धको खोप अनिवार्य गर्ने पक्षमा हुनुहुन्छ । जर्मनीका १६ राज्यहरुको सम्मेलनपछि जर्मन चान्सलर ओलाफ सोल्जले महामारी अझै नसकिएको बताउँदै अनिवार्य सबैले खोप लगाउनै पर्नेमा जोड दिनुभयो । अस्ट्रिया युरोपमै कानुन बनाएर खोप अनिवार्य गर्ने पहिलो मुलुक हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *