कोरोना विरुद्धको खोप अनिवार्य गरिएको विरोधमा झण्डै एक महिनादेखि क्यानडाको राजधानी ओटावामा प्रदर्शन गरिरहेका ट्रक चालकहरुको अवरोध प्रहरीले छिट्टै हटाउने चेतावनी दिएको छ । ओटावाको डाउन टाउनमा प्रदर्शनमा रहेका ट्रक चालकहरु माथि लामो समयसम्म सरकार नरम रुपमा प्रस्तुत भए पनि प्रदर्शनकारीहरु उग्र हुँदै आएपछि प्रहरीले कडा कारवारी थाल्ने चेतावनी दिएको हो ।
प्रहरीले प्रदर्शनकारीहरुलाई आन्दोलन छोड्न चेतावनी दिएका छन् । अन्यथा गिरफ्तार गरिने जनाइएको छ । आन्दोलन चर्चिदै गएपछि संघीय सरकारले यस अघि कहिल्यै प्रयोग नगरिएको आपतकालीन ऐन प्रयोग गर्न आव्हान गरेको छ । प्रदर्शनकारीहरुलाई सम्बोधन गर्दै ओटावाका अन्तरिम प्रहरी प्रमुख स्टिभ बेलले आपतकाली ऐन लागू गरिएमा सार्वजनिक स्थानमा भेला हुन समेत अवरोध हुने जनाउनु भएको छ ।