बेलायतको उत्तरी आइयरल्याण्डमा ‘युनिस’ आँधी आउने चेतावनी

अन्तर्राष्टिय समाचार

बेलायतको उत्तरी आइयरल्याण्डमा युनिस नामक घातक आँधीको चेतावनी/प्रभावित क्षेत्रका स्कुल तथा कलेज बन्द/नागरिकहरुलाई सुरक्षित स्थानमा रहन आग्रह ।

बेलायतको उत्तरी आयरल्याण्डमा स्थानीय समय अनुसार शुक्रबार युनिस नामक आँधी आइपुग्ने भन्दै चेतावनी दिइएको छ । मौसमविद्हरुले हिमपात, बरफ र तीब्र गतिको हावाहुरी एक साथ आउन सक्ने भएकाले सुरक्षित स्थानमा रहन नागरिकहरुलाई चेतावनी दिएका हुन् । आयरल्याण्डका धेरैजसो काउन्टीहरुमा स्कुल तथा कलेजहरु बन्द गरिएका छन् ।

आयरल्याण्डका कोर्क, केरी, वाटरफोर्ड र क्येयर शहर आँधीको बढी खतरामा रहेको भन्दै सो क्षेत्रमा रेड अलर्ट जारी गरिएको छ । आँधीले उत्तरी आयरल्याण्डका साथै इङ्ल्याण्ड र वेल्सका केही भागहरु समेत प्रभावित हुने जनाइएको छ ।

रेड अलर्ट जारी गरिएका स्थानमा आँधीले उडाएर ल्याएका भग्नावशेषका कारण मानिसको ज्यानै जान सक्ने भएकाले विशेष सावधानी अपनाउन आग्रह गरिएको छ । आँधीको केही कम खतरामा रहेका इङ्ल्याण, स्कटल्याण्ड र वेल्सका केही भागहरुमा एल्लो अलर्ट जारी गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *