चीनमा स्थानीय स्तरमै ४० जना कोभिड संक्रमित

अन्तर्राष्टिय समाचार

६ फागुन (रासस-सिन्ह्वा)/ चीनमा स्थानीय स्तरका ४० जना कोरोना भाइरसका संक्रमित भेटिएका छन् । यहाँका अधिकारीहरुले सो कुराको जानकारी दिएका हुन् । प्राप्त समाचारअनुसार बिहीबार चीनका ग्वाङदोन, जान्सु, युनान लगायतका सहरहरुमा ती संक्रमित भेटिएका हुन् ।

चीनिया नेसनल हेल्थ कमिसनले सो कुराको जानकारी दिएको हो । तीमध्ये कतिपय नागरिकहरु बाहिरबाट आएका पनि रहेका छन् । सांघाइमा देशबाहिरबाट आएका केही संक्रमितहरु फेला परेका पनि अधिकारीहरुले जानकारी दिएका छन् । ती अधिकारीका अनुसार अहिले चीनमा १ हजार ४०० भन्दा केही बढी संक्रमितहरु उपचाररत रहेका छन् । ती अधिकारीहरुका अनुसार तीमध्ये २५ जनाको अवस्था गम्भीर रहेको छ ।

चीनले पछिल्लो समयमा जनस्वास्थ्यका मापदण्डमा निकै कडाइ गर्नुका साथै अन्य सतर्कताका कारण धेरै नागरिकमा यो संक्रमण सर्न पाएको छैन । चीन सरकारले नागरिकहरुलाई कोरोना विरुद्धको खोपलाई पहिलो प्राथमिकता दिएको जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *