भियतनामलेले २० देशमा हुने हवाई उडान फेरि खुल्ला गरेको छ । कोरोना भाइरसको महामारीका कारण बन्द गरिएको उडान सेवा महामारी कम भएपछि पुनः संचालन गर्न लागिएको अधिकारीहरूले जनाएका हुन् । उडान खुल्ला गरिएका देशहरूमा अष्ट्रेलिया, चीन, जापान, दक्षिण कोरिया, सिङ्गापुर, फ्रान्स, जर्मनी, रुस, अमेरिका लगायतका रहेका छन् ।
भियतनामको यातायात मन्त्रालय मातहतको यातायात विभागका निर्देशक त्रान बायो इन्गोकले अरु सात देशमा भने अझै पनि उडान खुल्ला नगरिएको जानकारी दिनुभयो । उहाँका अनुसार यसअघि उडान हुँदै आएका ब्रुनाई, भारत, इन्डोनेसिया, म्यानमार, फिनल्याण्ड, इटाली र स्विजरल्याण्डमा भने अहिले पनि उडान सञ्चालन गरिएको छैन । भियतनाममा हाल साप्ताहिक रुपमा ३ सय ७० उडान हुने गरेको छ ।