दक्षिण कोरियामा ५ वर्षदेखि ११ वर्षसम्मका बालबालिकलाई पनि कोरोना भाइरस विरुद्धको खोप लगाइने भएको छ । देशको औषधि सुरक्षा सम्वन्धी निकायले उनीहरुलाई खोप लगाउन अनुमति दिने निर्णय गरेको समाचारमा जनाइएको छ ।
कोरोना भाइरसको नयाँ भेरियन्टको रुपमा देखिएको ओमिक्रोनको सङ्क्रमण तीव्र रुपमा फैलिएपछि बालबालिकालाई सुरक्षित राख्नका लागि खोप लगाउने निर्णय गरिएको हो । १२ वर्ष वा सोभन्दा बढी उमेरकालाई भने यसअघि नै खोप लगाउन अनुमति दिइएको थियो । तीन हप्ताको अन्तरमा बालबालिकाहरुलाई दुई खोप दिइने भएको छ ।