बर्दिबास नगरपालिकामा बौद्ध शिक्षा

राष्ट्रिय विद्यालय समाचार समाचार

महोत्तरी जिल्लामा अवस्थित बर्दिबास नगरपालिकाले बौद्ध शिक्षा लागू गर्ने भएको छ । बौद्ध शिक्षा प्रारम्भ गर्न चाँडै कलेज स्थापनाको प्रक्रिया अघि बढाइने नगर कार्यपालिकाको कार्यालयले जनाएको हो । बुधबार लुम्बिनी बौद्ध विश्वविद्यालय र बर्दिबास नगरपालिकाबीच यस सम्बन्धी सम्झौता भएपछि अब बौद्ध शिक्षाका लागि कलेज स्थापनाको प्रक्रिया अघि बढ्ने प्रमुख प्रशासकीय अधिकृत रेवतीप्रसाद पराजुलीले बताउनुभयो ।

फागुन ११ गते बुधवार यस सम्बन्धी सम्झौतामा नगर प्रमुख विदुरकुमार कार्की र लुम्बिनी बौद्ध विश्वविद्यालयका उपकुलपति प्राध्यापक डा हृदयरत्न वज्राचार्यले हस्ताक्षर गर्नुभएको पराजुलीले जानकारी दिनुभयो । बौद्ध शिक्षा लागू भएपछि यहाँ स्थापना हुने कलेजमा बौद्ध दर्शन सम्बन्धी ज्ञान, तालिम, खोज एवं अनुसन्धान गरिने छ । यो शिक्षाले आम नागरिकमा अष्टाङ्ग ध्यान, सम्यक जीवन र बौद्ध दर्शनका बहुआयामिक पक्षबारे चासो बढाउने यहाँका शिक्षाविद् बताउँछन् । “सुखद जीवन जिउने कलाबारे बौद्ध दर्शनले सुझाएको छ”, बर्दिबास जनता बहुमुखी क्याम्पसका प्राचार्य तोपबहादुर ठकुरी भन्नुहुन्छ, “यहाँ बौद्ध शिक्षाका लागि कलेज स्थापना हुनसके यसबारे सकारात्मक चासो बढ्ने छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *