बेलायतमा कोभिड प्रतिबन्ध हट्यो

अन्तर्राष्टिय समाचार

बेलायतमा कोभिड रोकथामका लागि लगाएका सबै प्रतिबन्ध बिहीबारदेखि हटाइएको छ ।  बेलायती प्रधानमन्त्री बोरिस जोन्सनले आजैदेखि लागू हुने गरी कोरोनासँग सम्बन्धित सबै प्रतिबन्ध हटाउने बताउनु भएको हो । बेलायतले जनवरी देखि नै अनिवार्य मास्क लगाउने र सङ्क्रमण नियन्त्रणका लागि अपनाइएका कडा खालका प्रतिबन्धात्मक उपायहरूलाई अन्त्य गरिसकेको थियो ।

प्रधानमन्त्री बोरिस जोन्सनले गरेको नयाँ घोषणापछि बिहीबार देखि नै विद्यालय, कलेज तथा बाल हेरचाह संस्थाका कर्मचारीले हप्तामा दुईपटक कोरोना परीक्षण गराउनु पर्ने यस पहिलेको प्रावधान हट्ने छ भने कसैलाई कोभिड पुष्टि भएको भएपनि छुट्टै (एकान्त) मा बस्नु पर्ने छैन । उहाँले भन्नुभयो, “सेल्फ–आइसोलेसन हटाउनु र कोभिड विरुद्धका नियमहरू उल्टाउनु कोरोनाभाइरससँग सामान्य रूपमा अघि बढ्ने अन्तिम चरणहरूमध्ये एक हो ।

धेरै मानिसहरू जस्तै मलाई पनि लाग्छ कि यो कदम चाल्न धेरै जरुरी थियो ।” प्रधानमन्त्री जोनसनले अप्रिल १ देखि देशमा निःशुल्क कोरोना परीक्षण पनि बन्द हुने बताउनु भएको छ । यद्यपि उहाँले प्रतिबन्ध हटाउनुको अर्थ कोरोनामाथि विजयको घोषणा गर्नु भने नभएको भन्दै आफ्नो ख्याल गर्न सबै नागरिकलाई आग्रह गर्नुभएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *